पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर ८ मा नेकपा एमालेको प्यानल नै बिजयी हुने निश्चित भएको छ ।
पोखरा–८ मा वडाध्यक्षसहित एमालेको प्यानल नै बिजय नजिक पुगेको हो । पोखरा–८ मा हालसम्म ३ हजार ३ सय मतगणना सम्पन्न हुँदा एमालेका रुद्रनाथ बरालले १ हजार ६सय ६८ मत ल्याएर अग्रता बनाएका छन् । उनलाई कांग्रेसका उम्मेदवार शारदा गिरीले १ हजार १ सय ७३ मत ल्याएर पछ्याईरहेका छन् ।
महिला सदस्यमा एमालेकी उम्मेदवार पवित्रा पौडेलले १ हजार ५ सय १७ मत पाएर अग्रता लिएकी छन् भने कांग्रेसकी उम्मेदवार देवीमाया चालिसेले १ हजार १ सय ८६ मत प्राप्त गरेका छन् ।
त्यस्तै, दलित महिला सदस्यमा एमालेकी उम्मेदवार लक्ष्मी विकले १ हजार ५ सय ६ मत ल्याएर अग्रता लिएकी छन् भने कांग्रेस उम्मेदवार माया नेपालीले १ हजार १ सय ८४ मत ल्याएर पछ्याईरहेकी छन् ।
खुल्ला दुई सदस्यमा एमालेका गोविन्द बरालले १ हजार ३ सय ९२ र हिराकाजी श्रेष्ठले १ हजार ४ सय ९२ तथा कांग्रेसका कृष्णप्रसाद श्रेष्ठले १ हजार ८४ मत ल्याएर अग्रता लिएका छन् भने नेकपा माओवादी केन्द्रका दामोदर सिग्देलले ६सय १४ मत ल्याएर पछ्याईरहेका छन्














