विदाई कार्यक्रममा पोखरा महानगरका मेयर जिसीको मुस्कान !

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगरमा २०७४ को निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई विदाई गरिएको छ । बैशाख ३० गते सम्पन्न निर्वाचनबाट नयाँ जनप्रतिनिधि चुनिने क्रमसगै बिहिबार एक कार्यक्रम गरि २०७४ मा विर्नाचित जनप्रतिनिधिलाई विदाई गरिएको हो ।

महानगरका प्रमुख प्रशासकिय अधिकृत बलराज रिज्जालले मेयर मानबहादुर जिसीलाई पछ्यौरी, डायरी र पेन दिएर बिदाई गरे । भने, मेयर जिसीले वडाध्यक्ष सदस्यहरुलाई डायरी, कलम र खादा लगाएर विदाइ गरे । उपमेयरबाट राजिनामा दिएकी मञ्जु गुरुङ विदाई कार्यक्रममा उपस्थित थिइनन् । उनी पुनः उपमेयरको प्रतिस्प्रर्धामा छिन् ।

विदाई कार्यक्रममा मेयर जिसीले वडाध्यक्षहरुलाई माननिय बन्न शुभकामना दिए । हसिलो मुद्रामा देखिएका जिसीले डायरी माननिय बन्नका लागि हाे भन्दै टिका लगाइदिएका थिए ।

जिसीले इमान्दारपूर्वक पोखरा बनाउने प्रयास गरेको बताए । जनप्रतिनिधिबाट विदाई भए पनि पोखरा बनाउने अभियानमा अब आउने जनप्रतिनिधिलाई आफ्नो सधै साथ सहयोग रहने जिसीले बताए ।

विरामी भए पछि अरुको साहारामा हिडडुल गदै आएका जिसी हसिलो मुद्रामा विदाई कार्यंक्रममा प्रस्तुत भएका थिए ।

 

  • ५ जेष्ठ २०७९, बिहीबार १९:५९ प्रकाशित