पोखरा ।
वैशाख ३० गते भएको स्थानीय तह निर्वाचन अन्तर्गत देशभर मतगणना अहिले पनि जारी छ ।
जारी मतगणनामा हालसम्म काँग्रेसले धेरै पालिका जितेको छ । कांग्रेसले हालसम्म देशभरका २४५ पालिका प्रमुख र २२६ उपप्रमुखमा जितेको छ । नेकपा एमालेले १५८ पालिका प्रमुखमा जित हासिल गरेको छ । उपप्रमुखमा १६९ स्थानमा विजयी भएको छ ।
माओवादी केन्द्रले १०४ प्रमुख र १११ उपप्रमुखमा जित हात पारेको छ । एकीकृत समाजवादीले ११ पालिका प्रमुख र १७ उपप्रमुखमा जितेको छ ।
जसपाले १४ प्रमुख १५ उपप्रमुख जितेको छ लोसपाले २ प्रमुख र २ उपप्रमुख जितेको छ ।














