पोखरा ६ को वडाध्यक्षमा एमालेका भट्टराई निर्वाचित

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगरपालिका वडा नम्बर ६ को वडाध्यक्षमा नेकपा एमालेका विष्णुबहादुर भट्टराई निर्वाचित भएका छन् । उनी नेपाली कांग्रेसका उम्मेदवार जगतबहादुर पहारीलाई १६७ मतले पराजित गर्दैै वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

भट्टराईले १६०६ मत प्राप्त गर्दा उनको प्रतिस्पर्धी पहारीले १४३९ मत प्राप्त गरे ।

वडा सदस्यमा मिश्रित परिणाम आएको छ । महिला सदस्यमा नेपाली कांग्रेसकी पवित्रा थापाले१५२३, दलित महिला सदस्यमा कांग्रेसकी शोभा जलारीले १६३९ मत ल्याएर निर्वाचित भए ।

दुई खुल्ला सदस्यमा एमालेका दीपेन्द्र पहारीले १४०६ मत र बासुदेव पौडेलले १४१९ मत ल्याएर निर्वाचित भए ।

कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन गरेर निर्वाचन लडेपनि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका उम्मेदवार भने पराजित भए ।

  • ४ जेष्ठ २०७९, बुधबार २१:२७ प्रकाशित