पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर २६ मा नेपाली कांग्रेसका नरेन्द्र थापासहित कांग्रेसको प्यानल नै निर्वाचित भएको छ ।
थापाले नेकपा एमालेका सूर्यनाथ भण्डारीलाई ११५ मतान्तरले पराजित गर्दै निर्वाचि भएका हुन् ।
उनले २७६५ मत प्राप्त गरे भने पराजित भण्डारीले १७५० मत प्राप्त गरे ।
महिला सदस्यमा कांग्रेसकी लक्ष्मीदेवी भट्टराईले २२२४, दलित महिला सदस्यमा सुजाता बराल २३९, खुल्ला सदस्यमा तीर्थबहादुर राजभाट २१३५ र सुदीपराज ढुंगानाले २०९ मत प्राप्त गर्दै बिजयी भए ।














