वालिङको मेयरमा एमालेका कृष्ण खाँण निर्वाचित

केन्द्रभाग मिडिया

पोखरा ।

स्याङ्जाको वालिङ नगरपालिकाको मेयरमा नेकपा एमालेका कृष्ण खाण निर्वाचित भएका छन् । उनले कांग्रेसका मेयर उम्मेदवार दीलिप प्रताप खाँडलाई पराजित गर्दै निर्वाचित भएका हुन् । दीलिप निवर्तमान मेयर हुन् । कृष्णले १३ हजार ७७६ मत प्राप्त गर्दै उनका प्रतिस्पर्धी दीलिपले ११ हजार ५९६ मत प्राप्त गरे ।

उपमेयरमा भने नेपाली कांग्रेसकी कविता तिवारी निर्वाचित भएकी छन् । उनले एमालेबाट उपमेयर पदकी उम्मेदवार खगिसरा थापालाई पराजित गर्दै निर्वाचित भएकी हुन् । तिवारीले १२ हजार ८२२ मत ल्याउँदा थापाले १२ हजार ३४० मत प्राप्त गरिन् । थापा यस अगाडिको निर्वाचनमा पनि उपप्रमुखमा पराजित भएकी थिइन् ।

१४ वटा वडा रहेको वालिङमा एमालेले वडा नं ३, ४, ६, ७, ८, ९, १२ र १३ मा जित निकालेको छ । त्यसैगरी कांग्रेसले वडा नं १, २, ५, १०, ११ र १४ मा जितेको छ । ३९ हजार ६५९ मतदाता रहेको वालिङमा २६ हजार ७७४ मत खसेको थियो ।

  • ४ जेष्ठ २०७९, बुधबार २०:४८ प्रकाशित