माओवादी कार्यकर्ताद्धारा मतगणना स्थलनमा तोडफोड : धरानमा मतगणना रोकियो

केन्द्रभाग मिडिया

धरान ।

धरानमा माओवादी कार्यकर्ताले मतगणना स्थलमा तोडफोड गरेका छन् ।

धरान उपमहानगरपालिका वडा नम्बर २० मा १८ वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको भन्दै उनीहरुले मतगणना स्थल तोडफोड गरेको बताइएको छ। माओवादी कार्यकर्ताहरुले मतदान अधिकृतको विरोध गर्दै तोडफोड गरेपछि मतगणना स्थगित भएको छ ।

१८ वटा मत पत्रमा मतदान अधिकृतको हस्ताक्षर नगरेको भेटाएपछि उक्त मतपत्र सदर गर्नुपर्ने माग राखेर माओवादीले आन्दोलन थालेको हो ।अहिले माओवादीले मतगणनास्थलमा नाराबाजी गरिरहेको छ ।

माओवादीले उक्तमत पत्र सदर नगरे धरान २० मा पुन मतदान गर्न माग गरेको छ ।

  • ४ जेष्ठ २०७९, बुधबार १६:२३ प्रकाशित