गोरखामा मेयरमा माओवादी र उपमेयरमा कांग्रेस विजयी

केन्द्रभाग मिडिया

गोरखा ।

गोरखा नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्र र उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ ।

मेयरमा माओवादीका कृष्ण राना र उपमेयरमा कांग्रेसकी मसली माया थोकर विजयी भएका हुन् ।रानाले ८ हजार ९६४ मत ल्याए भने उनका पन्तले ७ हजार १०८ मत मात्र प्राप्त गरे ।

उपमेयरमा निर्वाचित कांग्रेसकी थोकरले ७ हजार ४५३ मत प्राप्त गरिन् । अर्का प्रत्यासी उम्मेदवार जनता समाजवादी पार्टीका नारायण खत्रीले ६ हजार ७१८ मत प्राप्त गरे । एमालेका उम्मेदवार देवीबहादुर बस्नेतले ४ हजार ९३४ मत ल्याएका छन् ।

  • ४ जेष्ठ २०७९, बुधबार १६:०४ प्रकाशित