कांग्रेस र एमाले समर्थक दाजुभाईबीच हार/जितमा विवाद हुदाँ गोली चल्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

धनुषामा चुनावको हारजितको विषयमा विवाद हुदाँ गोली चलेको छ ।

धनुषाको नगराइन नगरपालिका–८ मा काँग्रेस र एमाले समर्थक दाजुभाई बिचमा विवाद हुँदा गोली चलेको हो । चुनाव हारजितको विषयमा राजिव पासवान, धर्मेन्द्र पासवान र श्रीनारायण पासवानको बीचमा विवाद भएको थियो ।

झगडामा संलग्न ११ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।प्रहरीले घटनास्थलबाट दुईवटा पेस्तोल बरामद गरेको छ ।

  • ३ जेष्ठ २०७९, मंगलवार १६:४० प्रकाशित