फर्जी मत खसेको भन्दै माओवादीले मत गन्नै दिएन

केन्द्रभाग मिडिया

गोरखा ।

गोरखाको चुमनुव्री गाउँपालिकामा नेकपा माओवादीले मत गन्नै दिएको छैन ।माओवादी केन्द्रले फर्जी मत खसेको भन्दै

मतदान सकिएको चार दिनसम्म पनि सो पालिकाको मत गन्न नदिएको हो । आइतबार मतपेटिका संकलन भएको छ । सर्वदलीय वैठकले मतगणना गर्ने निर्णय गर्न नसक्दा मतगणना सुरु हुन नसकेको हो । ल्हो मावि मतदान केन्द्रमा फर्जी मत खसेको माओवादीको आशंका छ ।

उसले पुन मतदानको माग राखेको छ । निर्वाचन आयोगले भने मतगणना सुचारु गर्न सोमबार नै निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको बताइएको छ। तर, आज(मंगलबार)सम्म मतगणना सुरु भएको छैन ।

  • ३ जेष्ठ २०७९, मंगलवार १६:२८ प्रकाशित