प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुरको निधन

केन्द्रभाग मिडिया

 

काठमाडौं ।

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको भाइ प्रेमबहादुर देउवाको निधन भएको छ ।

प्रेमबहादुरको मंगलबार बिहान वीर अस्पतालमा उपचारको क्रममा निधन भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकारमा गोविन्द परियारले जानकारी दिए ।

विगत एक वर्षदेखि बिमारी रहेका प्रेमबहादुरको शवलाई आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कार्यक्रममा रहेको छ ।

  • ३ जेष्ठ २०७९, मंगलवार १३:३६ प्रकाशित