आज विनियोजन विद्येयक पारित गर्ने सरकारको तयारी

केन्द्रभाग मिडिया

काठमाडौं ।

पूर्वनिर्धारित तालिका अनुसार आज प्रतिनिधि सभा बैठक बस्दैँछ ।आज अहिले बिहान ११ बजे बस्ने बैठकबाट सरकारले विनियोजन विद्येयक पारित गर्ने तयारी गरेको छ ।

नेकपा एमालेले अवरोध गरे पनि सरकारले विनियोजन विधेयक पारित गर्ने गर्ने भएको छ ।सरकारले गएको शुक्रवारदेखि सरकारी ढुकुटीबाट रकम खर्च गर्न पाएको छैन । बैठकको सम्भावित कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राख्नेछन् ।

विनियोजन विधेयकमाथि सांसद प्रेम सुवालले मात्रै खर्च कटौतीको प्रस्ताव राखेकाले मन्त्रालयगत छलफल सकेर आजको बैठकमै अर्थमन्त्रीले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राख्न लागेका हुन् । त्यसपछि राष्ट्र ऋण उठाउने विधेयक र आर्थिक विधेयकमाथि सैद्धान्तिक छलफल गरेर संशोधनका लागि ७२ घण्टाको अवधि सुरु गर्ने तयारी छ ।

विनियोजन विधेयक पारित भएपछि मात्रै राष्ट्र ऋण उठाउने विधेयक र आर्थिक विधेयक प्रस्तुत भएर सैद्धान्तिक छलफल हुने व्यवस्था छ । आजको बैठकमा विनियोजन विधेयकमा सबै मन्त्रालयका लागि विनियोजित बजेट र त्यसका शीर्षकमाथि छलफल गर्ने तयारी छ ।

आज एकै दिन छलफल सकाएर पारित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूूची छ । प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित भएमा आज नै राष्ट्रिय सभामा जानेछ । राष्ट्रिय सभाको बैठक भोलिका लागि डाकिएको छ ।

  • ४ आश्विन २०७८, सोमबार ०८:५२ प्रकाशित