मनाङमा चुनावको दिनमा पनि पर्यटकले प्रवेश पाउने

केन्द्रभाग मिडिया

मनाङ ।

यही वैशाख ३० गते हुने पालिका तह चुनावका दिन पनि हिमाली जिल्ला मनाङमा बाह्य पर्यटकले प्रवेश पाउने भएका छन् । निश्चित समय तोकिएर नेपाल भ्रमणमा आएका विदेशी पर्यटकलाई सहज बनाउने उद्देश्यले प्रवेश खुला गरिएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।

पर्यटन बोर्डबाट भ्रमणको आधिकारिक अनुमतिपत्र लिएर आएका पर्यटकलाई मनाङमा प्रवेश दिइने प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए । पर्यटन बोर्डबाट रोड परमिट लिएर आएक犀利士
ा पर्यटकले प्रवेश पाउने उनले बताए ।

‘पर्यटक आउने अनुकूल समय भएकाले नेपाल सरकारले नै पर्यटकलाई प्रवेश दिन सर्कुलर गरेको छ । सोहीबमोजिम मौन अवधिमा सवारीमार्फत पर्यटक मनाङ जान सक्नेछन् । तर निर्वाचनको दिनमा सवारी सञ्चालनमा रोक लगाइएको छ । पैदलयात्रामा जाने पर्यटकले निर्वाचनकै दिनमा पनि प्रवेश पाउनेछन् ’, आचार्यले भने।

  • २८ बैशाख २०७९, बुधबार १४:२४ प्रकाशित