चितवनमा छुरा प्रहारबाट एक युवकको विभत्स हत्या

केन्द्रभाग मिडिया

चितवन ।
चितवनमा छुरा प्रहारबाट एक युवकको हत्या भएको छ । भरतपुर महानगरपालिका–१२ का अनिल परियारलाई अज्ञात समूहले छुरा प्रहार गर्दा उनको मृत्यु भएको हो ।

छुरा प्रहारबाट घाइते भएका परियारलाई अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

भरतपुर–७ मा आइतबार साँझ करिब साढे ७ बजेतिर परियारलाई अज्ञात समूहले छुरा हानेको चितवन प्रहरीका प्रवक्ता नरहरी अधिकारीले जानकारी दिए ।

१० भन्दा बढी ठाउँमा छुरा प्रहार भएको अधिकारीले बताए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । परियार गत वर्ष मात्रै चितवन कारागारमा एक वर्ष कैद सजाय भोगेर रिहा भएका थिए ।

  • २६ बैशाख २०७९, सोमबार ०९:३५ प्रकाशित