बुुद्ध जयन्तीको अवसरमा युवा बौद्ध संघको स्वास्थ्य शिविर

केन्द्रभाग मिडिया

पोखरा ।
युवा बौद्ध संघ नदीपुरले २५६६ औं बुुद्ध जयन्तीको अवसरमा आजदेखि सप्ताहव्यापी कार्यक्रमका सुरुवात गरेको छ ।

आगामी जेठ २ गते सम्म सञ्चालन हुने उक्त कार्यक्रमको पहिलो दिन (शनिबार) निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो । उक्त स्वास्थ्य शिविरमा करिब ३ सय बढिले सेवा लिएको कार्यक्रम संयोजक डा. भाइरत्न शाक्यले जानकारी दिए ।

उनका अनुसार शिविरमा हाडजोर्नी, दन्तरोग, नाक, कान, घाँटीलगायतका परीक्षण गरिनुुका साथै औषधिसमेत उपलब्ध गराइएको थियो ।
संघका अध्यक्ष सुदीप प्रधानाङ्गले आगामी आइतबार रक्तदानको आयोजना गरिएको बताउँदै वडाबासी एवं सम्पूूर्ण पोखरेलीलाई सहभागितको लागि अनुरोध गरे । त्यस्तै, सोमबार साइकल ¥यालीको समेत आयोजना गरिने उनले बताए ।

पोखरा साइकल सिटीको सहयोगमा आयोजना हुने उक्त ¥याली घेछेलिङ गुुम्बा दीपहुँदै, सुुखवति गुम्बादेखि अनदुुँस्थित शान्ति स्तुपासम्म हुने ¥याली संयोजक रवि उदासले बताए ।

बुुद्ध जयन्तीको अवसरमा वृहत कार्यक्रम आगामी जेठ २ गते आयोजना गरिने आयोजकले जनाएको छ ।

 

  • २४ बैशाख २०७९, शनिबार १७:२३ प्रकाशित