गौतमबुद्ध विमानस्थालमा परीक्षण उडान गरेको जहाज रनवेमा अड्कियो

केन्द्रभाग मिडिया

भैरहवा ।
परीक्षण उडानको लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा गएको नेपाल एअरलाइन्सको जहाज रनवेमै अड्किएको छ । जहाज अवतरण भएपछि पार्किङमा लैजाने क्रममा घुम्ती नपुगेपछि रनवेमै अड्किएको छ । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा तयारी पुरा नहुँदै परीक्षण उडान गर्दा समस्या देखिएको हो ।

१२ बजेदेखी फलाईटका लागी भनेर बिमानमा बसेका यात्रुहरू ल्याण्ड भएको १ घण्टासम्म पनि उत्रन पाएका छैनन् । उचित व्यवस्थापन नहुँदा परिक्षण उडानको पहिलो गासमा नै ढुंगा लागे जस्तो भएको हो ।

जहाज २–८ रनवेबाट ल्याण्ड हुनुपर्ने हो । तर पाइलटले नयाँ विमानस्थल भएको कारण गर्दा २–८ रनवेमा ल्याण्ड गर्न असहज महसुस गरे । र अर्को विकल्प मागे । प्राविधिकहरुले १–० रनवेमा अवतरण गर्न अनुमति दिए ।

त्यसपछि उक्त रनवेमा जहाज सुरक्षित तरिकाले अवतरण भएपनि मोड्नको लागि स्पेस पुगेन । र टोकिङ गर्नुपर्यो । टोकिङ भनेको जहाज आफ्नै क्षमता रनवेबाट फर्कन टोकिङ भेक्कलको मदत तान्नु हो । अहिले जहाज तान्ने प्रयास भइरहेको छ ।

  • १५ बैशाख २०७९, बिहीबार १९:२२ प्रकाशित