बिदाको निर्णयले आन्तरिक पर्यटकको चहलपहल बढ्छ : पोखरा पर्यटन परिषद

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा पर्यटन परिषद्ले सरकारले थपेको बिदाले पोखरामा आन्तरिक पर्यटकको चहलपहल बढ्ने अपेक्षा गरेको छ ।

हप्तामा दुई दिन सार्वजनिक बिदा दिने भनि गरेको सरकारको निर्णयलाई स्वागत गर्दै परिषद्ले उक्त अपेक्षा व्यक्त गरेको हो । नेपाल सरकार मन्त्रिपरिषदको निर्णयले जेठ १ गतेबाट लागू हुने गरी हप्तामा दुई दिन शनिबार र आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

अध्यक्ष गोपीबहादुर भट्टराइद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कोभीड १९ का कारण प्रभावित भएको पर्यटन क्षेत्र केही चलायमान हुदै आएको अवस्थामा हालै सरकारले गरेको सार्वजनिक विदाको निर्णयले आन्तरिक पर्यटकको चहल पहल बढ्ने र आर्थिक गतिविधिमा थप सहयोग पुुग्ने विश्वास लिएका छौं ।’

विज्ञप्तिमा पर्यटन पुनरुत्थान गर्नका लागि नेपाल सरकारले ल्याएको देश दर्शन कार्यक्रम तथा हप्तामा २ दिन विदाको औपचारिक निर्णयको पर्खाइमा रहेको परिषद्ले यसलाई निकै सकारात्मक र स्वागतयोग्य निर्णयको रुपमा लिएको जनाउँदै प्रभावकारी कार्यान्वयन गर्न आग्रह समेत गरेको छ ।

  • १५ बैशाख २०७९, बिहीबार १६:४६ प्रकाशित