काठमाडौं ।
केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्ष २०७८/७९ मा आयात २० खर्ब रुपैयाँमा पुग्ने प्रक्षेपण गरेको छ । विभागले निर्यात ३ खर्ब २० अर्ब पुग्ने अनुमान गरेको छ । यो अनुमानअनुसार वैदेशिक व्यापार भएमा व्यापार घाटा मात्रै करिब १७ खर्ब पुग्ने देखिएको छ ।
विभागले वैदेशिक व्यापारले पनि आर्थिक वृद्धिमा सघाउने भन्दै बढढेको आयात र निर्यातले पनि प्रक्षेपित आर्थिक वृद्धि हात पार्न सघाउने विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले बताए । यो वर्ष सरकारले ५.८४ प्रतिशतले आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ ।
चालु आर्थिक वर्ष २०७८/७९ को ९ महिना अर्थात साउनदेखि चैतसम्म आइपुग्दा व्यापार घाटाको आंकडा १३ खर्ब भन्दा माथि छ । भन्सार विभागको तथ्यांक अनुसार कुल वस्तु आयात १४ खर्ब ६६ अर्ब ६६ करोड रुपैयाँ बराबरको भएको छ । यो अवधिमा निर्यात भने १ खर्ब ६० अर्ब ५७ करोड रुपैयाँ बराबरको मात्र भएको छ ।