एमालेले आज चुनावी घोषणा पत्र सार्वजनिक गर्दै

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेले शुक्रबार चुनावी घोषणा पत्र सार्वजनिक गर्ने भएको छ। पार्टीको ७४औं स्थापना दिवसको अवसरमा एमालेले चुनावी घोषणा पत्र सार्वजनिक गर्ने केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए।

एमालेले थापाथली स्थित नयाँ पार्टी कार्यालयबाट घोषणापत्र सार्वजनिक गर्ने भएको छ । पार्टी कार्यालय ललितपुरको च्यासलस्थित तुलसी लाल स्मृति भवनमा सर्नेछ। सोही स्थानमा शुक्रबार भव्य कार्यक्रम आयोना गरी घोषणा पत्र सार्वजनिक गरिने बताइएको छ।

कार्यक्रममा कम्युनिस्ट यद्धाहरुलाई सम्मान गरिनेछ। एमालेले १७ जन कम्युनिस्ट योद्धाहरुलाई सम्मान गर्ने जनाएको छ। सोही अवसरमा पार्टी प्रवेश कार्यक्रमसमेत रहेको रिजालले बताए।

  • ९ बैशाख २०७९, शुक्रबार ०८:४० प्रकाशित