एमालेबाट भरतपुरको मेयरमा उठ्ने भएपछि विजयी सुवेदीले दिए सांसद पदबाट राजीनामा

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेबाट वागमती प्रदेशसभा सदस्यमा निर्वाचित विजय सुवेदीले सांसद पदबाट राजीनामा दिएका छन् । एमालेले भरतपुर महानगरपालिकाको मेयर पदमा उठाउने तयारी गरेपछि सुवेदीले सांसदबाट राजीनामा दिएका हुन् ।

सुवेदी भरतपुर महानगरबाट सर्वसम्मत सिफारिस भैसकेका छन् । सुवेदीले वागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठ समक्ष बिहीबार राजीनामा पत्र बुझाएको बताएका छन् ।

  • ८ बैशाख २०७९, बिहीबार १६:१८ प्रकाशित