पोखरा ।
नेपाली कांग्रेस पोखरा महानगर–२८ ले वडाअध्यक्षका आकांक्षी ६ जनाको नामा महानगर समितिमा सिफारीस गरेको छ । बिहिबार बसेको वडा समितिको बैठकले सर्वसम्मत उम्मेदवार छनोट गर्न नसके पछि सबै आकांक्षीको नाम सिफारीस गरेको हो ।
सिफारीस हुनेमा गण्डकी प्रदेश सदस्य श्रीकृष्ण लामिछाने, क्षेत्रनम्बर १ प्रदेश (ख) का सचिव कृतिबल्लव त्रिपाठी, वडानम्बर २८ का पार्टी अध्यक्ष विश्वरमण अधिकारी, तरुणदल क्षेत्रनम्बर १ का सभापति राधाकृष्ण तिवारी, वडानम्बर २८ का पार्टी सचिव राजेश भण्डारी र कृयाशिल सदस्य कृष्ण तिमिल्सेना रहेको पार्टी वडा सचिव जिवन तिवारीले जानकारी दिए ।
सर्वसम्मत नभए तीन जनको नामा वडाबाट महानगरमा सिफारीस गर्नुपर्ने पार्टी विधानमा भए पछि वडाले सबैको नाम पठाएको हो ।
यस्तै सदस्यमा १३ जनाले इच्छा देखाएको तिवारीले बताए ।
महानगरमा सत्ता गठबन्धन भए पनि वडाको भागबण्डा भने अझै मिलेको छैन ।














