वीरगन्जमा एमाले र लोसपाबीच चुनावी तालमेल : को छानिए मेयर र उपमेयरको उम्मेदवार ?

केन्द्रभाग मिडिया

काठमाडौं ।

वीरगन्ज महानगरपालिकामा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाबीच चुनावी तालमेल हुने भएको ।

दुई पार्टीबीच गठबन्धनको सहमति जुटेसँगै ३० वैशाखमा हुने चुनावमा वीरगन्जको मेयरमा एमालेका विजयकुमार सरावगी उम्मेदवार बन्ने भएका छन् भने उपमेयरमा लोसपाका पुरूषोत्तमलाल झा उम्मेदवार हुनेछन् ।

सरावगी वर्तमान मेयर हुन् । वडा अध्यक्ष र सदस्यको भन्ने नाम टुंग्याउन बाँकी छ । सत्ता गठबन्धनबाट वीरगन्ज मेयरमा जनता समाजवादी र उपमेयरमा कांग्रेसको उम्मेदवारी रहने सहमति भइसकेको छ।

  • ८ बैशाख २०७९, बिहीबार १०:५४ प्रकाशित