एमाले सचिवालय बैठक बस्दै : महानगर र उपमहानगरमा उम्मेदवार टुंगो लगाउने

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेको सचिवालय बैठक बस्दैंछ ।

आगामी स्थानीय तह निर्वाचनका लागि देशका ६ महानगर र ११ उपमहानगरपालिकाका उम्मेदवारबारे छलफल गर्न बैठक बस्न लागेको हो । आज दिउँसो बस्ने बैठकमा उम्मेदवारको मापदण्डबारे छलफल हुने एमाले उपमहासचिव विष्णु रिमालले जानकारी दिए ।

सत्तागठबन्धनले महानगर र उपमहानगरको भागबण्डा मिलाएको भोलिपल्ट प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक बस्न लागेको छ । मूलतः बैठक स्थानीय तह निर्वाचनका उम्मेदवार र प्रतिस्पर्धी दलविरुद्ध अपनाइने रणनीतिमा केन्द्रित हुने रिमालले बताए ।

एमालेले पार्टी स्थापना दिवसको अवसर पारेर वैशाख ९ गते एकैपटक केन्द्रबाट र स्थानीय पालिकाहरुबाट प्रतिबद्धतापत्र सार्वजनिक गर्दैछ ।

  • ८ बैशाख २०७९, बिहीबार ०९:०१ प्रकाशित