पोखरा ।
नेपाली कांग्रेस पाखरा महानगरपालिका कार्यालयमा नगर सदस्यले नै ताला लगाएका छन् । महानगर समितिले जिल्ला समितिमा ताला लगाउनुको औचित्य नरहेको भन्दै नगर सदस्य राजन श्रेष्ठले महानगर कार्यालयमा ताला लगाएका हुन् । उनले ध्यानाकर्षण पत्र कार्यालयको ठोकामा टासेर मुल ढोकामा ताला लगाएका हुन् ।
मनोनय गर्ने मिति नजिकिदै गर्दा महानगरका वडाहरुमा उम्मेदवार चयन गर्न कुनै भूमिका नदेख्दा अचम्म लागेको श्रेष्ठले बताए ।
केन्द्रले गठबन्धन गर्ने निर्णय गर्दा महानगरले विरोध गर्नुपर्ने कुनै औचित्य नभएको उनले ध्यानकर्षण पात्रमा लेखेका छन् ।
महानगर समितिले आज बिहान जिल्ला पार्टी कार्यालयमा ताला लगाएको थिथो ।
पोखराको मेयर आफुले पाउनुपर्ने कांग्रेस महानगर र जिल्लाका नेताहरुको दावी रहे पनि गठबन्धनको बाध्यताको कारण त्यो सम्भव नभएको सभापति देउवाले बताएका थिए । जिल्लामा केन्द्रको निर्णयविरुद्ध कांग्रेसमा आवाज उठिरहेको छ ।















