कैलाली ।
रेशम चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ नेतृत्वको पार्टी नागरिक उन्मुक्तिले कैलालीमा एक्लै चुनाव लड्ने बताएको छ। सो पार्टीले कुनै पनि दलसँग चुनावी तालमेल नगरी सबै स्थानीय तहमा एक्लै चुनाव लड्ने भएको हो ।
सो पार्टीले अहिलेसम्म धनगढी उपमहानगरपालिका, टीकापुर नगरपालिका, लम्की चुहा, भजनी नगरपालिका तथा कैलारी गाउँपालिका र जानकी गाउँपालिकामा उम्मेदवार टुङ्गो लगाइसकेको छ ।
अन्य स्थानीय तहमा बढी आकाङ्क्षी भएकाले उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन । जोशीपुर गाउँपालिकामा दुई जना आकांक्षी रहेकाले टुंगो लगाउन नसकेको बताइएको छ।
कैलाली क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य चौधरी टीकापुर घटनामा अदालतबाट सजाय पाएर जेल जीवन बिताइरहेका छन् ।














