व्यवसायीको आक्रोश : पर्यटकलाई क्यास बोकेर आइज भन्नु निकम्मा कार्यप्रणाली

केन्द्रभाग मिडिया

काठमाडौं ।

त्रिभुवन विमानस्थल, अध्यागमन विभागले नेपाल आउने पर्यटकलाई क्यास नै बोकेर आइज भनेर सुचना जारी गरेसँगै पर्यटन व्यवसायी आक्रोशित बनेका छन् ।

अनअराइभल भिसाका लागि पर्यटकलाई नगद नै बोक्न सूचना जारी गर्नु निकम्मा कार्यप्रणालीको पराकाष्ठा भएको व्यवसायीको आरोप छ । डिजिटल युगमा पनि पर्यटकलाई क्यास बोकेर आउनु भन्नु लज्जास्पद भएको उनीहरुको भनाई छ ।

गत शुक्रबार त्रिभुवन विमानस्थल, अध्यागमन विभागले सूचना जारी गर्दै नेपाल भित्रिने पर्यटकहरूलाई कम्तीमा २०० डलर नगद नै बोक्न आग्रह गरेको छ ।

विभागले ‘अनअराइभल’ भिसाका लागि पर्यटकलाई कम्तीमा २०० डलर नगद बोक्न आग्रह गरेको हो । विमानस्थलमा उपलब्ध एउटा मात्र एटिएम मेसिनले भिडलाई धान्न नसकेको र डिजिटल भुक्तानीका अन्य प्रणाली जस्तै, भिसा कार्ड, मास्टर कार्ड लगायतका भुक्तानीका साधनमा समेत समस्या देखिएपछि यस्तो आग्रह गर्नुपरेको विभागको भनाइ छ ।

  • ५ बैशाख २०७९, सोमबार ०९:२४ प्रकाशित