ढोरपाटन शिकार आरक्षण भित्र एसएलआर राइफल भेटियो

केन्द्रभाग मिडिया

पोखरा ।

ढोरपाटन शिकार आरक्षणस्थित ओडारमा लुकाएर राखेको अवस्थामा एसएलआर राइफल भेटिएको छ । नेपाली सेनाको देवी बक्स गुल्मबाट खटिएको टोलीले बाग्लुङ र पूर्वी रुकुमको सिमानामा रहेको पुथा उतरगंगा गाउँपालिकाबाट सो राइफल बरामद गरेको हो ।

सेनाले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षणहरूमा ‘अपरेशन महाहन्ट–८’ सञ्चालन गरिरहेको छ । पुथा उत्तरगंगा गाउँपालिका–५ स्थित घुस्तुङ खोलाको ओडारमा बोरामा बेरेर लुकाएको अवस्थामा सो राइफल बरामद गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

  • ३ बैशाख २०७९, शनिबार १२:४५ प्रकाशित