एमालेमा पोखराको मेयर उपमेयर उम्मेद्वार सिफारिस गर्न मतदान हुँदै

केन्द्रभाग मिडिया

पोखरा ।
नेकपा एमालेले पोखरामा मेयरको उम्मेद्वार छान्न आज आन्तरिक निर्वाचन गराउँदैछ । सहमति नजुटेपछि एमालेले पोखरा महानगरपालिकाको मेयरको उम्मेदवार सिफारिस गर्न चुनाव गराउने भएको छ ।

एमाले निर्वाचन कमिटीले बिहीबार सूचना जारी गर्दै निर्वाचनको कार्यक्रम सार्वजनिक गरेको हो । चुनावी प्रक्रिया आज १२ बजेदेखि निर्वाचन सुरु हुनेछ । प्रतिस्पर्धामा गण्डकी प्रदेशसभाका सांसद देखि व्यवसायी समेत छन् ।

एमाले महानगर कमिटीका पदाधिकारी र सदस्य गरि ११० जना मतदाताले दिएका उत्कृष्ट तीन उम्मेद्वार मेयरका लागि केन्द्रमा एमाले केन्द्रमा सिफारिस् हुनेछन् । उनीहरुले मेयर र उपमेयरका आकांक्षीमध्ये एक महिलासहित ३ जनालाई रोज्नेछन् ।

एमालेको तर्फबाट पोखरा महानगर मेयरको लागि १२ र उपमेयरको लागि ११ जनाले प्रतिस्पर्धा प्रतिस्पर्धा गर्नेछन् । प्रतिस्पर्धामा प्रदेश सांसद कृष्ण थापा, अर्का प्रदेश सांसद राजीव पहारी, प्राडा विश्वकल्याण पराजुली, रश्मी आचार्य, भीम कार्की, मीनाकुमारी गुरुङ, सावित्री भण्डारी, बालसिंह काउछा मगर, दीपक पौडेल, पुष्पराज अधिकारी, पुष्पज्योति ढुंगाना र दर्शन लामा छन् ।

त्यस्तै, उपप्रमुखमा शुष्मा पौडेल, शोभामोहन पौडेल, वामदेव ढुंगाना, टीकाराम पंगेनी, तेजनारायण अधिकारी, सञ्जीवबहादुर कोइराला, देवका पहारी, जीवनप्रसाद आचार्य, बलराम गायक, हरिमाया गुरुङ र बैनबहादुर क्षेत्री छन् ।

महिलातर्फबाट मेयरको उम्मेदवार बनेकी मिना गुरुङ एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङकी सम्धिनी हुन् । महिलाको तर्फबाट मेयरमा २ जनामात्रै प्रतिस्पर्धामा छन् । यसको मतलव ३ जनाको नाम सिफारिस गर्दा ३ मध्ये मिना आउने सम्भावना बढेको छ । सावित्री जिल्ला समन्वय समितिकी उपाध्यक्ष तथा खगराज निकट नेताको रुपमा चिनिन्छिन् ।

कृष्ण थापा, दीलिप न्यौपान र वडा नम्बर १३ का अध्यक्ष दर्शन लामा खगराजसँग निकट भएर काम गरिरहेका छन् । बाँकी सबै पृथ्वीसुब्बा निकट हुन् । ती मध्ये रुपाकोट रिसोर्टका सञ्चालक पुष्प अधिकारी भने सोझै पार्टी अध्यक्ष केपी ओली र उपाध्यक्ष विष्णु पौडेल निकट नेताको रुपमा चिनिन्छन् ।

  • २ बैशाख २०७९, शुक्रबार १०:२८ प्रकाशित