भीम रावलले भने,‘ठूलो ठेकेदारले सानो ठेकेदारलाई ठेक्का दिएजस्तो सूर्य चिन्ह दिन मिल्दैन’

केन्द्रभाग मिडिया

काठमाडौं ।

आगामी निर्वाचनमा एक्लै लड्ने बताउँदै आएको नेकपा एमालेले अन्तत् दुई साना दलसँग चुनावी तालमेल गरेको छ । दुवै दल सूर्य चिन्हबाट चुनाव लड्ने भएका छन् ।

राप्रपा नेपाल र परिवार दललाई सूर्य चिन्हबाट चुनाव लड्न दिने एमाले निर्णयप्रति नेता भीम रावलले भने आपत्ति जनाएका छन् ।नेता रावलले ठूलो ठेकेदारले सानो ठेकेदारलाई पेटी ठेक्का दिएजस्तो सूर्य चिन्ह दिन नमिल्ने बताएका छन् ।

रावलले विहीबार सामाजिक सञ्जालबाट आफ्नो धारणा सार्वजनिक गर्दै भनेका छन्, ‘विपरीत सिद्धान्त भएका राप्रपा र परिवार दलका उम्मेदवारले एमालेको सूर्य चिन्हमा लड्ने तर एमाले हुनु नपर्ने रे ? के सूर्य चिन्ह बिक्री हुने व्यवसायिक चिन्ह हो र ? यसलाई ठूलो ठेकेदारले ठेक्का लिएर सानो ठेकेदारलाई काम दिएजस्तो गर्न मिल्छ र ? दलीय प्रणाली र कम्युनिष्ट पार्टीको फजिती मात्र ।’

  • १ बैशाख २०७९, बिहीबार १५:१५ प्रकाशित