केन्द्रबाट थोपरेको तालमेल र गठबन्धनले हित गर्दैन : गगन थापा

केन्द्रभाग मिडिया

File photo

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केन्द्रबाट थोपरिएको तालमेलले पार्टीमा हित नगर्ने बताएका छन् ।

गठबन्धनको तालमेलबारे बनेको मोडालिटीमा स्थानीय तहको प्रमु उपप्रमुख केन्द्रबाट भागबन्डा लाग्ने सहमति भएको थियो । सोही सन्दर्भ मा थापाले स्थानीय स्तरमा पार्टीबीच कुरा मिले तालमेल हुने नत्र माथिबाट थोपरेर नहुने बताएका हुन् ।

तल्लो कमिटीमा दलहरूबीच कुरा नमिले केन्द्रबाट हस्तक्षेप गर्न नहुने उनको भनाई छ । ‘स्थानीयस्तरमा पार्टीबीच कुरा मिले तालमेल हुन्छ । माथिबाट थोपरेर हुँदैन । त्यसलाई कसैले मान्दा पनि मान्दैन,’ थापाले अघि भने ।

यस्तै गठबन्धन र निर्वाचनअघि भएको तालमेल नेपालको राजनीतिक संस्कृतिको लागि हितकर नभएको बताएका छन् ।

नयाँ वर्षको अवसरमा काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘गठबन्धन तालमेल नेपालको राजनीतिक संस्कृतिको लागि यो हितकर छँदैछैन भन्ने मेरो आफ्नो मत हो । तर, पार्टीको निर्णय मानेको छु ।मान्नुपर्छ । यो विषयमा बहस गर्नै पर्छ ।’

उनले संसदीय व्यवस्थामा दलहरूबीच गठबन्धन हुनसक्ने भए पनि यो संस्कृतिले नेपालको लोकतन्त्रको स्वास्थ्यलाई राम्रो नगर्ने बताए । गठबन्धनले कांग्रेसलाई मात्र नभई अन्य दलहररुलाई पनि राम्रो नगर्ने उनको भनाइ छ ।

  • १ बैशाख २०७९, बिहीबार १३:११ प्रकाशित