नयाँ दिल्ली ।
बलिउड चर्चित कलाकार आलिया भट्ट र रणवीर कपुर आज विवाह बन्धनमा बाँधिदैछन्। लामो समयदेखि प्रेम चर्चामा रहेका उनीहरुले अन्तत् प्रेमलाई विवाहमा परिणत गर्न लागेका हुन् । उनीहरुको विवाहको खबरले दर्शक तथा फ्यानलाई निकै हर्षित बनाएको छ ।
कयौं पटक दुबैको बिहेको झुटो खबर पनि बाहिर आएको थियो । केही समयदेखि उनीहरुको विवाहको चर्चा चलिरहेको थियो तर मितिलाई लिएर धेरै अड्कलबाजी गरिएको थियो ।
कहिले दुबैको बिहे १५ अप्रिलमा हुने भनिएको थियो भने कहिले १७ वा २० अप्रिलको मितिमा हुने कुरा आएको थियो । तर हिजो १३ अप्रिलमा सार्वजनिक भएका तस्विरहरुबाट रणवीर र आलियाको आज अर्थात १४ अप्रिलमा विवाह हुने कुरा स्पष्ट भएको छ ।