ठाउँ र अवस्था अनुरुप तालमेल गर्न ५ दलका शीर्ष नेताहरुको आह्वान

केन्द्रभाग मिडिया

पोखरा ।
सत्ता गठबन्धनमा रहेका पाँच दलले स्थानीय तह निर्वाचनमा ठाउँ र अवस्थाअनुसार तालमेल गर्न पार्टीका नेता कार्यकर्तालाई आहृवान गरेका छन् ।

सोमबार बसेको शीर्ष नेताहरुको बैठकले तालमेल गरेर अघि बढ्ने घोषणा गरेका छन् । सत्ता गठबन्धनमा रहेका पाँच दलले तालमेलको मोडालिटीबारे भने अझै टुंगो लगाउन सकेका छैनन् ।

उनीहरूले भनेका छन्, ‘देशभर ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल मिलाएर चुनानवमा आपसी सहकार्य र परस्पर सहयोगी भावनाले अगाडि बढ्न पाँच दलका साथीहरूलाई आहृवान गर्दछौं’

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, जसपाका वरिष्ठ नेता अशोककुमार राई र राजमो उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त अपिल जारी गरेका छन् ।

  • २८ चैत्र २०७८, सोमबार १२:५२ प्रकाशित