अर्थतन्त्रमा देखिएको समस्या छिट्टै समाधान गर्नुपर्छ : सभामुख सापकोटा

केन्द्रभाग मिडिया

सभामुख अग्निप्रसाद सापकोटाले अर्थतन्त्रमा देखिएको समस्या छिट्टै समाधान गर्नु पर्ने बताएका छन्। उनले नेपाल चेम्बर अफ कमर्सको ७१ औ वार्षिकोत्सवमा बोल्दै अर्थतन्त्रको समस्या समाधान गर्नु पर्ने बताएका हुन ।उनले नीजि क्षेत्र र सरकारले निरन्तर छलफल र सम्बाद गरेर सबै समस्या समाधान गर्नु पर्ने बताए ।

‘सरकारका मुख्य सचिवले समस्या समाधान गर्न तयार रहेको बताउनु भएको छ’ सभामुख सापकोटाले भने, ‘अब सरकार र नीजि क्षेत्रले समस्यालाई तत्काल समाधान गर्नु पर्छ ।’

अहिलेको आर्थिक समस्यालाई समाधान गर्न स्वदेशी उत्पादन बढाउनु पर्ने सभामुख सापकोटाको भनाई छ । नेपालमा औधोगिक उत्पादन बढाएर निर्यात बृद्दी र आयात प्रतिस्थापन नै आर्थी समस्या समाधान गर्ने प्रमुख उपाय रहेको उनले बताए ।

यस्तै कार्यक्रममा चेम्बरका अध्यक्षले यतिबेला नेपालको अर्थतन्त्र समस्यामा रहेको बताए । उनले सेयर बजार ओरालो लागिरहेको तथा उद्यम व्यवसायिक क्षेत्रमा समेत कोरोना महामारी र रुस युक्रेन युद्धको प्रभाव परेको उल्लेख गरे । ‘नेपालको सम्पुर्ण निर्यातले पेट्रोलियम पदार्थ आयात गर्न नि पुग्दैन’ अध्यक्ष मल्लले भने, ‘अब नेपालको आयात घटाएर निर्यात बढाउनुपर्छ ।’

अध्यक्ष मल्लले आर्थी समस्या तत्काल समाधान गर्न सरकारले अवश्यक कदम चाल्नु पर्ने र त्यसका लागि चेम्बर तयार रहेको समेत बताए । विगत ७० वर्षदेखि चेम्बरले निजी क्षेत्र र सरकारबीच सेतुको भूमिका खेल्दै आएको र आगामी दिनमा पनि यस्तै भूमिकामा रहने उनको भनाई छ ।

अहिलेको आर्थी समस्या समाधान गर्न नेपालमा विदेशी पर्यटन भित्र्याउन पहल गर्नुपर्ने उल्लेख गर्दै भने, ‘पर्यटक नै विदेशी मुद्रा आर्जनको मुख्य स्रोत हो । यस्तै रेमिट्यान्स समेत औपचारिक माध्यमबाट भित्र्याउन सबैले भूमिका खेल्नुपर्छ ।’

यसैगरी सरकारका मुख्य सचिव शंकरदास बैरागीले घट्दै गएको विदेशी मुद्राको विनिमय जोगाउन रेमिट्यान्सलाई औपचारिक माध्यमबाट भित्र्याउनुपर्ने बताए । उनले यसका लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्ने समेत बताए ।

  • २७ चैत्र २०७८, आईतवार १५:१० प्रकाशित