फ्लोरिङ फर्निसिङ व्यवसायी संघ कास्कीको साधारण सभा : लागानीको सुरक्षा हुन नसकेको व्यवसायीको गुनासो

केन्द्रभाग मिडिया

पोखरा ।
फ्लोरिङ, फर्निसिङ व्यवसायी संघ, कास्कीको आठौँ साधारण सभा पोखरामा सम्पन्न भएको छ । शनिबार सम्पन्न साधारण सभामा बोल्ने बक्ताहरुले स्वदेशी बस्तुको उत्पादनमा जोड दिनुपर्ने बताए । संघका अध्यक्ष जिवन प्रकाश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य हेमराज ढकालको प्रमुख आतिथ्यता रहेको थियो ।

साधारण सभाको उद्याटन शत्रमा बोल्दै केन्द्रीय सदस्य ढकालले आर्थिक गतिबिधिमा गम्भिर समस्या भइरहेको बताए । बैंकमा तरलताको अभाव र व्याज दर बढि हुदाँ व्यवसायी मारमा परेको उनको भनाई थियो ।

राज्यको नीतिका कारण व्यवसायीको लागानी सुरक्षीत हुन नसकेको भन्दै ढकालले कोरोना पछि भएको लकडाउन र त्यसले गरेको असरलाई सरकारले ध्यान दिन नसकेको आरोप लागाए । उनले आन्तरिक उत्पादनलाई बढाएर आयतलाई घटाउनुपर्ने अवस्था आएको बताउदै आर्थिक गतिबिधिलाई चलायमान गराउन गम्भिर हुनुपर्ने पनि बताए ।

कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पवन प्रजापतिले पोखरा महानगरपालिकाले व्यवासायीलाई दोहोरो करको मारमा पार्न खोजेको भन्दै आपत्ती जनाए । उनले व्यवसायको पहिचनका लागि राखिएका साइन बोर्डको पनि कर लिन खोजेको भन्दै कर नतिर्न व्यवसायीलाई आग्रह गरे । बजारमा दर्ता बिना कारोवार गर्ने पोके व्यवसायीलाई प्रोत्साहन गर्ने काम भईहरको भन्दै महागनरलाई त्यस तर्फ ध्यान दिन आग्रह गरेको प्रजापतिले जानकारी दिए ।

लेखनाथ उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले औधोगिक क्षेत्र स्थापनाको खाचोँ औल्याए । उनले पोखरा महागनरको ३३ र तनहुँको सुक्ला गण्डकी नगरपालिकाको सिमानामा औधोगिक क्षेत्र बनाउने अध्यन भए पनि टुन्गो लाग्न नसकेको उक्त अवसरमा जानकारी गराए ।

फ्लोरिङ, फर्निसिङ व्यवसायी महासंघका अध्यक्ष सुजील श्रेष्ठले स्वदेशी कच्चापर्दाथको प्रयोगबाट बस्तु उत्पादन गर्ने तर्फ व्यवसायीको ध्यान जानुपर्नेमा जोड दिए । श्रेष्ठले अहिले आयातमा मात्र निर्भर भइहरको अवस्थामा स्वदेशी काठको अधिकतम प्रयोग गरेर नेपालको फर्निचर व्यवसायालाई अन्तराष्ट्रियकरण गर्न सकिने बताए ।

फ्लोरिङ, फर्निंसिङ व्यवसायी संघ, कास्कीका संस्थापक अध्यक्ष मोहन सुवेदीले व्यवसायीको हक हित र सुरक्षाको लागि संस्था स्थापना भएको स्मरण गरे । सोही अनुसार नै संस्थाले अहिले काम गरिहेको बताए ।

कार्यक्रममा ८० वर्ष उमेर पुगेका संस्थाका सदस्यका अभिभावकलाई सम्मान गरिएको थियो । त्यस्तै कक्षा १२ मा उत्कृष्ट अंक ल्याई उतिर्ण हुने सदस्यका छोराछोरीलाई पनि सम्मान गरिएको थियो । संस्थाका महासचिव हुमनाथ अधिकारीले महासचिवको प्रतिवेदन सभामा पेश गरेका थिए ।

 

  • २६ चैत्र २०७८, शनिबार १४:४१ प्रकाशित