साथीलाई खुकुरी प्रहार गर्ने युवा एक महिनासम्म पनि समातिएनन्

केन्द्रभाग मिडिया

काठमाडौंको बानेश्वरमा युवकमाथि खुकुरी प्रहार भएको करिब एक महिना भएको छ । फागुन २६ मा अछामको मंगलसेन नगरपालिका–३ घर भई मैतीदेवी बस्ने ३१ वर्षीय कमन सिंह बोगटीलाई उनकै साथीले खुकुरी हानेका थिए ।

तर, सो घटनामा संलग्न आरोपीलाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका बोगटीको शरिरमा ४४ वटा टाँका लगाइएको थियो ।

बोगटी नेकपा एमाले निकट युवासंघमा आवद्ध छन् । पीडित परिवारले युवासंघमा नै आवद्ध अर्का युवाले खुकुरी हानेको दाबी गरेका छन् । युवकमाथि खुकुरी प्रहार गर्ने अरोपीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

  • २१ चैत्र २०७८, सोमबार ११:३८ प्रकाशित