एमालेले बोलायो संसदीय दलको आकस्मीक बैठक

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय दलको बैठक आह्वान गरेको छ । संसद् अधिवेशन अन्त्यको भोलिपल्ट एमालेले दिउँसो ३ बजे दलको बैठक बोलाएको हो ।

एमाले उपाध्यक्ष सुवास नेम्वाङले बैठक नयाँ बानेश्वरमा बस्ने बताइएको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । अधिवेशन अन्त्यपछि संसदीय दलको बैठक बस्ने पार्टीको चलन रहँदै आएको बताइएको छ।

  • २ चैत्र २०७८, बुधबार १०:१० प्रकाशित