सिक्लेस ।
गण्डकी प्रदेशका सांसद मनबहादुर गुरुङले सिक्लेसमा एक घण्टामा सवारी साधन पुग्नेगरी पूर्वाधार निर्माण गर्ने बताएका छन् । महिला पर्यटन व्यवसायी मञ्च पोखराको अयोजनामा क्षेमता अभिबृद्धि तथा तालिम कार्यक्रमको सुभारम्भ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । अहिले पोखराबाट सिक्लेस पुग्न गाडिमा कम्तिमा पनि तीन घण्टा लाग्छ ।
सडक ट्रयाक खोलेर केही निर्माणका काम अगाडि बढिसकेको उनले जानकारी दिए । सकड पूर्वाधारयुक्त भएर एक घण्टामै सवारी साधन पु¥याउन अझै कम्तिमा ढेढदेखि दुइ वर्ष लाग्ने उनको भनाई छ । ‘सिक्लेसमा पोखराबाट एक घण्टामा सवारी आइपुग्ने बाटो बनाएरै छाड्छु । यो दिशामा म अगाडि बढिरहेको छ । सिक्लेसी जनताले यहाँ आउने आतिथिलाई कसरी स्वागत गर्ने र यहाँको बसाई अबधि लम्ब्याउने भन्ने गुरुयोजना बनाएर लाग्नुस’ उनले भने ।
संसद गुरुङले पोखराका पर्यटन व्यवसायीसंग सिक्लेसमै आएका बेला र पोखरा पुगेरै भएपनि धेरै सिक्न स्थानीलाई आग्रह गरे । ‘आतिथि सत्कार कसरी गर्ने भन्ने विषयमा सिक्न जरुरी छ । पाउनालाई खुशी कसरी राख्ने भनेर सिक्न प¥यो । नत्र यहाँ एक घण्टामा पोखराबाट पर्यटक आउँछन् । अनि एक घण्टा यहाँको प्रकृतिसंग रमेर फेरी पोखरा नै फर्कने अवस्था आउन दिन हुँन्न’ उनले भने ।
नेकपा एमाले कास्कीका अध्यक्ष समेत रहेका गुरुङले आफू सिक्लेसी जनताको विकासमा लागि परेको धारणा सुनाए । गाउँमै उन्नत प्रबधि प्रयोग गर्दै अर्गानिक खेती गर्नुपर्नेमा उनको जोड थियो ।