डेढ करोड रकम सहित दुई हुण्डी कारोबारी पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।

काठमाडौंमा गैरकानुनी रुपमा हण्डी कारोबार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

झण्डै डेढ करोड रकमसहित हुण्डी कारोबार गर्ने भारतीय नागरिक अमित कुमार अग्रवाल र काठमाडौं कीर्तिपुर नगरपालिका वडा नं ३ बस्ने २४ वर्षीय बिकी खड्गीलाई महानगरीय अपराध महाशाखाले प्रकाउ गरेको हो ।

काठमाडौंको मख्खनमा बिमला इन्टरनेशनल प्रा.लि. सञ्चालन गरी नक्कली गर(गहनाको होलसेल कारोबार गर्ने अमितले राजस्व छली गैरकानूनी रूपमा हुण्डी मार्फत वित्तिय कारोबार गर्दै आइरहेको छन् भन्ने गोप्य सूचनाको आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागी राजश्व अनुसन्धान बिभाग, हरिहरभवन, ललितपुर पठाईएको अपराध महाशाखाले जनाएको छ।

बिकीको साथबाट नगद २४,०००, बिभिन्न चेक, भौचर प्याड, एउटा मोबाइल र अमितको साथबाट १ करोड पचास लाख, २ थान ल्यापटप, १ थान मोबाईल,कारोबार सम्बन्धी बिभिन्न कागजपत्रहरू बरामद भएको प्रहरीले जनाएको छ ।

  • २३ फाल्गुन २०७८, सोमबार १५:५० प्रकाशित