डेढ करोड लागतमा मिरुवा तमु समाज भवन निर्माण सम्पन्न

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा २ मिरुवा क्षेत्रमा बसोबास गर्ने तमुहरुको साझा संस्था,तमु धिं नेपालको क्षेत्रीय समाज मिरुवा तमु समाज भवनको निर्माण कार्य सम्पन्न भएको छ । निर्माण भएको भवनको शनिवार एक कार्यक्रमका बीच तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले उद्घाटन गरेका छन् ।

विसं. २०५० सालमा स्थापित भई २०६७ सालबाट क्रमिक रुपमा करिब १ करोड ५० लाखको लागतमा निर्माण गरिएको भवनको उद्घाटन गर्दैै प्रमुख अतिथि तमु धिं गुरुङ तो ल्होले सम्पुर्ण तमुहरुलाई एकता, हरेक क्षेत्रमा उत्कृष्ठता, सामुदायिक अधिकारका लागि सचेत, राजनीतिक क्षेत्रमा नेतृत्व प्रदान गर्न सकोस भन्ने शुभकामना दिए ।

उनले विगतदेखि विभेदमा पारिदै आएका तमुहरु अब सचेत हुनुपर्दछ, शिक्षामा जोड दिँदै आफ्नो मौलिकता संरक्षण पहल, युवा पुस्तालाई नेपालमै सपना देख्ने वातावरण दिनुपर्ने बताए । तमु समुदायले सामुदायिक रुपमा समाजलाई सभ्य, व्यवस्थित बनाउन धेरै योगदान दिदै आए पनि राज्यसँग समन्वय हुन नसकेकाले पाउनुपर्ने योजना, कार्यक्रमहरु प्नि प्राप्त गर्न नसकेको बताए ।

नेताहरु समाज, समुदायसँग भोटको मात्रै अपेक्षा गर्ने, कुनै कार्यक्रम योजनाका लागि नाम समेत नलिने परिपार्टी जननिर्वाचित प्रतिनिधिहरु हटाउन सुझाउनुभयो। अरुहरुले हाम्रा भावना नबुझने भएकाले आगामी निर्वाचनमा तमु उम्मेदवारहरुलाई साथ सहयोग गर्नु तमुहरुको दायित्व भएकोमा जोड दिए ।

कार्यक्रमका विशेष अतिथि पोखरा महानगरपालिका वडा नं.२ का वडाअध्यक्ष रामेश्वर मल्लले शुभकामना व्यक्त गर्नुहुदै दिन जान्ने लिन नजान्ने इमान्दार तमुहरुको भावनाको सम्मान व्यक्त गरे । उनले वडाको आगामी जनप्रतिनिधिले मिरुवा तमु समाजलाई सम्झनुपर्ने बताए ।

यसरी नै शुभकामना व्यक्त गर्नु हुदै सिमपानी तमु समाजका अध्यक्ष नासु.गंगाबहादुर तमुले एकताबाटै शक्ति प्राप्ति हुने भएकाले तमुहरुको एकजुट हुनुपर्ने धराणा राखे । उनले सम्पुर्ण तमुहरु एक भएको भए तमुवानको आन्दोलनले केही न केही उपलब्धि हासिल गर्ने बताए ।

उक्त अवसरमा सुखवती बौद्ध गुम्बाका अध्यक्ष बमबहादुर तमु, समाजको संस्थापक सल्लाहकार बिरी तम, भवन निर्माण समितिका अध्यक्ष रुमबहादुर तमु, समाजका अध्यक्ष प्रेमबहादुर तमु, उपाध्यक्ष राजमान तमु र सचिव खर्कमान तमु लगायतले बोलेका थिए भने तमु ल्होछारको स्योंकैको समेत कार्यक्रम रहेको थियो ।

  • २१ फाल्गुन २०७८, शनिबार २२:४६ प्रकाशित