छवि स्वच्छ राख्न निजामती कर्मचारीलाई प्रधानमन्त्रीको आग्रह

केन्द्रभाग मिडिया

काठमाण्डौ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय निजामती सेवा ऐन चाँडै जारी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाल निजामती कर्मचारी युनियन, केन्द्रीय कार्य समितिद्धारा शनिबार काठमाण्डौमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले कर्मचारी समायोजनको क्रममा देखिएको समस्या समाधान गर्न पनि सरकार प्रयत्नशील रहेको बताए । उनले जनतामा सहज ढंगले सेवा प्रवाहको काम गर्न पनि कर्मचारीहरुलाई निर्देशन दिए ।

राजनीतिक आस्थाका आधारमा सेवा प्रवाह गर्न नहुनेतर्फ कर्मचारीहरुलाई सचेत गराउदै प्रधानमन्त्री देउवाले जनताको सेवकको रुपमा कर्मचारीहरुले काम गर्नुपर्नेमा जोड दिए ।

‘नेपालको संविधानले ट्रेड युनियनको अधिकारलाई संविधानमै व्यवस्था गरेको छ । संघीय निजामती सेवा ऐनलाई यथाशीघ्र जारी गरी यसलाई कार्यान्वयनमा लैजान सरकार क्रियाशील रहेको छ’, प्रधानमन्त्री देउवाले भने, ’कर्मचारी समायोजनको सन्दर्भमा देखिएका समस्या पारस्परिक छलफलको आधारमा समाधान गरी उनीहरुलाई सन्तुष्ट बनाउने काम गरिनेछ । कर्मचारीले आफ्नो छविलाई स्वच्छ राख्न सक्नुपर्दछ । जनताको सेवकको रुपमा आफूलाई चिनाउन सक्नु पर्दछ ।’

  • २१ फाल्गुन २०७८, शनिबार १६:२० प्रकाशित