स्थानीय तहको निर्वाचनमा ६० प्रतिशत मत ल्याउने एमाले उपमहासचिव गुरुङको दाबी

केन्द्रभाग मिडिया

पोखरा ।
नेकपा एमालेका उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वी सुब्वा गुरुङले स्थानीय तहको चुनावमा एमालेले ६० प्रतिशत मत ल्याउने दावी गरेका छन् । प्रेस चौतारी नेपाल गण्डकी प्रदेश समितिको प्रथम अधिवेशनलाई सम्बोधन गदै गुरुङले यस्तो बताएका हुन् । २०७४ को चुनावमा ४५ प्रतिशत मत ल्याएका थियौ गुरुङले भने, आगामी चुनावमा ६० प्रतिशत भन्दा बढि मत ल्याउछौँ ।

एमाले नेपाली जनताको पार्टी हो, लोकतन्त्र बचाउने पार्टी हो, यो मुलुकको सार्वभौम सक्ता जोगाउने पार्टी रहेको गुरुङले दावी गरे ।
अर्को प्रशंगमा उनले गठबन्धन टुटीसकेको बताए । गठबन्धनले देशको हितमा काम गर्न नसक्ने उनको भनाई थियो ।

अहिलेका सरकारहरुलाई उनले चोरलाई चौतारी र साधुलाई सुलीको स्थिति बनेको बताए । यस्तो अवस्थामा एमालेका पत्रकार आखाँ चिम्लेर बस्छौ, कान थुनेर बस्छौँ, जिब्रो काटेर, हातखुट्टा बाधेर बस्छौँ भने हाम्रो के काम गुरुङले भने ।

प्रेस चौतारीका पात्रकारले एमालेको नेतृत्वमा रहेका सरकारहरुको रक्षा गर्न नसकेको भन्दै गुरुङले चर्को आलोचना गरे । । अघिल्लो सरकारले गरेका राम्रा काम नलेखिएको भन्दै गुरुङले भने कलम भाचिएको हो की के हो त्यो किन लेखिदैन ?

प्रदेशमा १८–२० मन्त्री बनाउदा नपुगेर राज्यमन्त्री बनाउदा समेत पत्राकारले नलेखेको भन्दै उनले आक्रोस पोखे । आफु मुख्यमन्त्री हुदाँ समेत प्रेस चौतारीको सहयोग नपाएको उनले गुनासो गरे ।

 

  • १९ फाल्गुन २०७८, बिहीबार १७:४६ प्रकाशित