गठबन्धन बैठक: स्थानीय तहको निर्वाचनमा सकेसम्म मिलेर जाने

केन्द्रभाग मिडिया

काठमाडौं ।

सत्ता गठबन्धन आगामी वैशाख ३० गतेको स्थानीय तह चुनावमा सकेसम्म मिलेर जाने भएको छ । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले अहिलेसम्मको काम कारबाहीको समीक्षा गर्दै मिलेर अगाडि बढ्ने जनाएको हो ।

स्थानीय तहको निर्वाचनमा सकेसम्म मिलेर जानेमा गठबन्धनभित्र एक मत रहेको जनाइएको छ। स्थानीय तहको सबै ठाउँमा गठबन्धन गरेर जान सकिने अवस्था नरहे पनि सकेको ठाउँमा मिलेर जानेमा सबै सहमत भएका छन् ।

यस्तै बैठकले एमसीसी पास हुनुलाई आफुहरुको उपलब्धिको रुपमा लिएको छ। सत्ता गठबन्धनले घोषणा गरेको साझा न्युनतम कार्यक्रमलाई कार्यन्वयन केन्द्रित हुनुपर्ने बैठकले निर्णय गरेको बताइएको छ । जनतालाई राहत दिने र समग्र अर्थतन्त्र उकालो लाग्नुपर्यो भन्ने कुरामाथि छलफल भएको छ ।

  • १९ फाल्गुन २०७८, बिहीबार १३:३५ प्रकाशित