महिला हिंसा न्यूनीकरण गर्न घर–घरमै सचेतना आवश्यक

केन्द्रभाग मिडिया

पोखरा ।

महिला हिंसा न्यूनीकरण गर्न घर–घरमै सचेतनाको आवश्यक रहेको पोखरामा आयोजित महिला हिंसा सम्वन्धि सचेतना कार्यक्रममा बताइएको छ ।

अभियान युवा क्लब, अभियान महिला समूह, जिल्ला प्रहरी कार्यालय कास्की, सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्की र सामुदायिक प्रहरी सेवा केन्द्र बैदामको संयुक्त आयोजनामा आज (बुधबार) भएको सचेतना कार्यक्रममा उक्त कुरा बताइएको हो ।

पछिल्लो समय महिला हिंसाको स्वरुप परिवर्तन हुँदै बढ्दै गएकाले घरघरबाटै सचेतना जगाउनुपर्ने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब निरीक्षक होत बहादुर रोकाहाले सचेतनामूलक प्रशिक्षणमा बताएका छन् ।

‘महिला भएकै कारण महिलामाथि दुब्र्यबहार हुने गरेको छ । यसलाई रोक्न प्रत्येक घरका सदस्यलाई सचेतना हुनु जरुरी छ ।’ उनले भने ।

पछिल्लो समय बाल हिंसा र महिला हिंसाको रुप तिब्ररुपमा बढ्दै गएको उनको भनाई थियो ।प्रशिक्षित महिलाहरुले प्रशिक्षणले महिला हिंसाका बारेमा धेरै कुरा जानिएको बताए । साथै उनीहरुले महिला हिंसालाई रोक्न सहयोग गर्ने प्रतिवद्धता जनाए ।

पोखरा ५ जिरो किमीमा भएको कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र बैदामका सुर्य बहादुर केसी, पार्बती रानाभाट, अभियान युवा क्लबका अध्यक्ष राजु गिरी, जिल्ला प्रहरी कार्यालयका भिम काफ्ले, एकल महिला समुह पोखरा वडा ५ की अध्यक्ष राजकुमारी थापालगाएत ३५ जना महिलाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तब्य अभियान महिला समूहकी निवर्तमान अध्यक्ष शर्मिला केसीले राखेकी थिइन् भने अध्यक्षता अभियान महिला समूहकी अध्यक्ष लक्ष्मी शर्माले गरेकी थिइन् ।

  • १८ फाल्गुन २०७८, बुधबार १८:१७ प्रकाशित