काठमाडौं ।
नेकपा (एमाले) का नेता तथा सांसद मोहन बानियाँ बलात्कारको आरोपमा पक्राउ परेका छन् ।
उनी काठमाडौंबाट फर्किंदै गर्दा नेपालगञ्ज विमानस्थलबाट पक्राउ परेका हुन् ।
उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको हो ।
बानियाँविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी गरिएको थियो ।
उनी फरार थिए । बानियाँले आफूलाई बलात्कार गरेको भन्दै ४० वर्षीया पीडित महिलाले गत माघ २८ गते उजुरी दिएकी थिइन् ।