काठमाडौं ।
जाहेरी परेको तीनसम्म पनि अभिनेता पल शाहलाई प्रहरीले भेटाएको छैन । बलात्कारको आरोपमा उजुरी परेपछि फरार रहेका अभिनेता पललाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले सबै प्रहरी युनिटलाई आन्तरिक सर्कुलर गरेको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँमा जबरजस्ती करणीको जाहेरी परेसँगै प्रहरी प्रधान कार्यालयले शाहलाई पक्राउ गर्न आन्तरिक सर्कुलर जारी गरेको हो।
जाहेरी दर्तापछि उनलाई खोज्न सबै प्रहरी कार्यालयहरूलाई निर्देशन गइसकेको र संयन्त्रले खोजी गरिरहेको प्रहरीले जनाएको छ।
बुधबार एक नाबालिकाले शाहविरूद्ध जबरजस्ती करणीको जाहेरी तनहुँ प्रहरीमा दिएकी थिइन्।शाह काठमाडौं उपत्यकाबाहिर नरहेको सुरक्षा संयन्त्रको बुझाइ छ।‘सूचना पाइसकेपछि एक्लै लुकेर बसेको आशंका प्रहरीको छ ।
शाहलाई पक्राउ गर्न महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय अपराध महाशाखा, महानगरीय प्रहरी परिसर भक्तपुर, उपत्यकाका सबै वृत्तहरू सक्रिय छन्।
परिसर र महाशाखाबाट विशेष टोलीले शाहको खोजीमा रहेको बताइएको छ।