देउवालाई प्रचण्ड–माधवको जवाफ यथास्थितिमा एमसीसी अनुमोदन गर्न सकिदैन

केन्द्रभाग मिडिया

काठमाडौं ।

सत्ता गठबन्धनका तीन शीर्ष नेताबीच छलफल भएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो ।

भेटमा प्रचण्डले देउवालाई यथास्थितिमा एमसीसी अनुमोदन गर्न नसकिने बताएका छन् । यस्तै नेकपा एसका अध्यक्ष नेपालले पनि एमसीसी अनुमोदन गर्न नसकिने जवाफ देउवालाई दिएका छन् ।

तीन नेताबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

बिहीबार बिहान प्रचण्ड देउवालाई भेट्न बालुवाटार पुगेका थिए । दुई नेताबीच छलफलको केही समयपछि एकीकृत समाजवादीका अध्यक्ष नेपाल पनि सहभागी भएका हुन् ।

शर्माका अनुसार तीन नेताबीच एमसीसीको विषयमा करिब आधा घन्टा छलफल भएको थियो । सरकार तत्कालै अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सदनबाट अनुमोदन गराउने तयारीमा छ भने माओवादी केन्द्र संशोधनविना अनुमोदन गराउने पक्षमा छैन । एकीकृत समाजवादीमा भने दुई धार देखिएको छ ।

सत्ता गठबन्धनबाट एमसिसी पारित गर्न नसकिने भए प्रमुख प्रतिपक्षी (नेकपा एमाले) को साथ लिएर भए पनि पास गर्ने प्रधानमन्त्री देउवाको तयारी छ।

  • १२ फाल्गुन २०७८, बिहीबार १२:२९ प्रकाशित