आजदेखि प्रतिनिधि सभामा एमसीसीमाथि छलफल हुने

केन्द्रभाग मिडिया

काठमाडौं ।

एमसीसी सम्झौताबारे बिहीबारदेखि प्रतिनिधि सभामा छलफल सुरु हुने भएको छ । आजको बैठकको सम्भावित कार्यसूचीमा एमसीसीमाथिको छलफललाई समावेश गरिएको छ । सम्भावित कार्यसूचीलाई केहीबेरमा बस्ने कार्यव्यवस्था परामर्श समितिले अन्तिम रूप दिनेछ ।

सबैभन्दा पहिले सम्झौताको सैद्धान्तिक विषय माथि बहस हुनेछ । यस बहसमा सांसद्हरुले नाम टिपाएर धारणा राख्न पाउनेछन् । सैद्धान्तिक छलफलपछि विभागीय मन्त्रीले जवाफ दिनुपर्नेछ ।

जवाफपछि सैद्धान्तिक छलफलको प्रस्ताव स्वीकार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेस हुनेछ । सैद्धान्तिक छलफलपछि दफावार छलफल हुनेछ । दफावार छलफलमा सम्झौताको दफावार रूपमा विस्तृत छलफल हुनेछ । दफावार छलफलपछि भने सम्झौता पारितको चरणमा जानेछ । पारित गर्नका लागि प्रतिनिधि सभामा उपस्थित सङ्ख्याको बहुमत आवश्यक पर्नेछ ।

नेपाली काँग्रेसले आजको प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन आफ्नो पार्टीबाट प्रतिनिधित्व गर्ने सांसदलाई निर्देशन दिएको छ । यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपालले संसद्मा पेस भएको अमेरिकी सहयोग परियोजना (एमसीसी)को पक्षमा रहने निर्णय गरेको छ ।

  • १२ फाल्गुन २०७८, बिहीबार ०८:५६ प्रकाशित