युएईले नेपाललाई दियो १७६ रनको लक्ष्य

केन्द्रभाग मिडिया

पोखरा।
आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गतको सेमिफाइनल खेलमा युएईले नेपाललाई १७६ रनको चुनौति दिएको छ ।

ओमानको अल अमेरात क्रिकेट मैदानमा जारी सेमिफाइनल खेलमा युएईले निर्धारित २० ओभरमा सात विकेटको नोक्सानीमा १७५ रन बनाएको हो ।

युएईका लागि मुहमद वासिमले ७० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै, भृत्य अरबिन्दले ४६ रन जोड्दा मुहमद उस्मानले १७ रन जोडे ।

नेपालका लागि जितेन्द्र मुखिया र अभिनास बोहोराले समान तीन÷तीन विकेट लिएका छन् ।

यस्तै, कप्तान सन्दीप लामिछानेले एक विकेट लिए ।

आजको सेमिफाइनलमा युएईलाई हराए नेपाल अपराजित रहँदै सन् २०२२ मा अष्ट्रेलियामा हुने टी–२० विश्वकपमा स्थान बनाउने छ ।

  • १० फाल्गुन २०७८, मंगलवार १७:२५ प्रकाशित