गण्डकी अपडेटः ३७ जनामा संक्रमण, १०९ जना संक्रमणमुक्त

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने सोही समयमा १०९ जना सकं्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा २४७ जनामा परीक्षण गरिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ।

संक्रमित हुनेमा कास्कीका २८ जना, म्याग्दीका २, लमजुङका १,तनहुँका १,नवलपरासीका २ र स्याङ्जाका ३ जना रहेका छन् । यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या एक लाख १ हजार ७८२ पुगेको छ भने निको हुनेको संख्या ९९ हजार ९५५ रहेको छ ।

हाल प्रदेशमा ३६३ सक्रिय संक्रमित रहेका छन् ।ती मध्ये ३५१ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ। प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ४६४ रहेको छ ।

  • १० फाल्गुन २०७८, मंगलवार १६:२२ प्रकाशित