शिवरात्रिमा पशुपति क्षेत्रमा १० हजार सुरक्षाकर्मी खटाइने

केन्द्रभाग मिडिया

काठमाडौं।
महाशिवरात्रीमा पशुपतिनाथ क्षेत्रमा भक्तजनको सुरुक्षाको लागि करिब १० हजार सुरक्षाकर्मी खटिने भएका छन् ।

पशुपतिनाथ दर्शनका लागि भारतबाट आउने साधुसन्त तथा मेला भर्न आउन दर्शनार्थीको सुरक्षाका लागि उक्त संख्यामा सुरक्षाकर्मी परिचालन गरिने पशपति क्षेत्र विकास कोषले जनाएको छ । यसवर्ष शिवरात्रिमा पशुपतिनाथ क्षेत्रमा मेला भर्न तथा भगवानको दर्शन गर्न करिब १० लाख दर्शनार्थी आउने अनुमान गरिएको छ ।

मंगलबार पशुपति क्षेत्र विकास कोषले पत्रकार सम्‍मेलन गरेर करिब १० लाख दर्शनार्थी आउने अनुमान गरिएको जानकारी दिएको छ ।

यस्तै यस वर्षको महाशिवरात्रिमा सवा करोड बजेट खर्च हुने अनुमान गरिएको परिषद् सदस्य सचिव डा। मिलन कुमार थापा जानकारी दिए ।

शिवरात्रिको दिनमा पनि विद्युतीय शवदाह क्षेत्र, किरियापुत्री क्षेत्रमा विशेष सुरक्षा परिचालन गरिनेछ ।यसबाहेक सबै सुरक्षा अंगहरुसँग पनि छलफलका लागि फागनु ११ गते बुधबार बैठक बोलाइएको छ ।यस वर्ष फागुन १७ गते महाशिवरात्रि पर्व परेको छ ।

  • १० फाल्गुन २०७८, मंगलवार १५:३४ प्रकाशित